काठमाडौं । विद्युतीय भूक्तानी सेवा प्रदायक कम्पनी ‘इसेवा’ले आफ्ना ग्राहकहरुलाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ । विभिन्न फिसिङ्ग स्केम डाटाहरुको प्रयोग गरी इसेवा प्रयोगकर्ताहरुको गोप्य सूचनामाथि अनधिकृत पहुँच स्थापना गरिएको सूचनाका आधारमा कम्पनीले सेवाग्राहीहरुलाई आफ्नो पासवर्ड परिवर्तन गर्न भनेको हो । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले इसेवा माथि फैलाएको हल्ला गलत र…