पूर्वमा कोरोना संक्रमितलाई आईसीयू बेडको अभाव

विराटनगर । आइतबार विराटनगर–२ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भयो । होम आइसोलेसनमा बसेका उनलाई एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि आइतबार दिउँसो विराट मेडिकल कलेज लगियो । कलेजको गेटमा जाँच गर्दा उनको मृत्यु भइसकेको थियो । बिहीबार श्वासप्रश्वासमा समस्या भएपछि जिल्ला कारागार, मोरङका बन्दी २० वर्षीय युवकलाई कोशी अस्पताल ल्याइयो । अस्पतालमा जाँच…