काठमाडौं । दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजका लागि ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज दोस्रो खेल खेल्दैछ । नेपाल र बंगलादेशबीच दोस्रो मेत्रीपूर्ण खेल नेपाली समयअनुसार पौने ५ बजे ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुनेछ । शुक्रबार भएको पहिलो खेलमा बंगलादेशसँग २-० ले पराजितभएको नेपाल दोस्रो खेलमा जित हात पार्दै सिरिज बराबरी गर्ने लक्ष्यमा छ…