विष्णुप्रसाद पोखरेल दमक, जेठ २ गते । भारतले त्यहाँ रहेका नेपालीलाई सीमासम्म ल्याएर छाडेको र उनीहरू नेपाल आउन चाहेको भन्ने खबरहरू सार्वजनिक भएपछि झापामा उनीहरूलाई ल्याएर क्वारेन्टाइनमा राख्नका लागि प्रयास शुरु भएको छ । सरकारले निर्णय गर्नसाथ ल्याएर क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले त्यसअनुसारको तयारी शुरु गरिएकाे बताइन्छ । जिल्ला समन्वय समिति, झापाका प्रमुख एवम् जिल्लास्तरीय कोरोना सङ्क्रमण…