काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले देशको पूर्वी र पश्चिमी क्षेत्र नजिकै बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेको जनाएको छ । महाशाखाले मंगलबार मौसम पूर्वानुमानसम्बन्धी सूचना जारी गर्दै देशमा पश्चिमी वायुको प्रभाव परेको जानकारी दिएको हो । महाशाखाका अनुसार हाल नेपालका पश्चिमी क्षेत्रहरुमा सामान्य र पूर्ण बदली भएको छ । केही स्थानमा मेघ…