भद्रपुर । भद्रपुरमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । आज दिउँसो अन्दाजी ३ बजे भद्रपुर–३ देउनियाँ खोला र मेची खोलाको दोभानमा डुबेर बालकको मृत्यु भएको हो । भद्रपुर–२ महारानी चोक बस्ने अर्जुन लिम्बूका छोरा अन्दाजी १२ वर्षका अर्पण लिम्बू साथीहरूसँग त्यहाँ पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । घटनाबारे जानकारी…