बिर्तामोड । झापाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्लाका पत्रकारसँग शान्ति सुरक्षा र आसन्न निर्वाचनका सन्दर्भमा अन्तरक्रिया गरेका छन् । पत्रकारसँग परिचयात्मक कार्यक्रम समेत राख्दै प्रजिअ गेलालले शान्ति सुरक्षामा प्रशासन गम्भीर भएको बताए । जिल्ला प्रशासन कार्यालय झापाको कार्यालयमा सोमवार आयोजित अन्तरक्रियामा प्रजिअ गेलालले आसन्न निर्वाचनका लागि शान्ति सुरक्षा अनिवार्य भएकाले त्यसतर्फ मिडियाको भूमिका…