विकास–निर्माणमा केन्द्रित हुनुपर्नेमा मन्त्री गुरुङको जोड

झापा - सहरी विकास मन्त्री सीता गुरुङले सबै राजनीतिक दल विकास–निर्माणका काममा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । मेचीनगर नगरपालिकाद्वारा आयोजित राष्ट्रिय आवास कम्पनीको काकडभिट्टामा रहेको ६० विगाह जमिन पालिका तथा सङ्घसंस्थालाई हस्तान्तरणबारे सरोकारवालसँग शुक्रवार भएको छलफलमा सबै पार्टीले विकास निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । विकास–निर्माणका काममा कसैले पनि राजनीति गर्न नहुने बताउँदै मन्त्री गुरुङले…