बाँसबारी वनमा एमाले एक्लै चुनावी मैदानमा

मेचीनगर । पूर्वकै रमणीय पर्यटकीय गन्तव्य मेचीनगरको बाँसबारी सामुदायिक वन उपभोक्ता समूहको यही फागुन २० गते शनिबार निर्वाचन हुँदैछ । नयाँ समितिका लागि उपभोक्ताहरु अलग–अलग समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । एकातिर एमाले निकट समूह र अर्कोतिर काँग्रेस, माओवादी, राप्रपा निकटलगायतको समूह चुनावी मैदानमा उत्रिएको हो । वन समूहको १२ सदस्यीय पदमा निर्वाचन हुँदैछ…