झापा । झापाको सताक्षीधाममा धार्मिक पर्यटक लोभ्याउन नेपालमै पहिलो पटक सवा करोड रुद्राक्ष दानाजडित ५१ फिट शिवलिङ्ग निर्माण भएको छ। यो शिवलिङ्गलाई स्थानीय धार्मिक व्यक्तिले ऐतिहासिक शिवलिङ्ग मान्न थालेका छन्। गोलोक गोवर्धन गौशालाले यो शिवलिङ्ग निर्माण गरेको हो। नेपालका ५१ वटा जिल्ला र भारतका सिक्किम, दार्जिलिङ, गान्तोकलगायतका ठाउँबाट रुद्राक्ष सङ्कलन भएको गोवर्धन गौशालाले जनाएको छ।…