कैलाली - नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको गठबन्धन सरकारले जनताको पक्षमा कुनै पनि सकारात्मक काम गर्न नसकेको बताउनु भएको छ। नेकपा एमाले जिल्ला कमिटी दार्चुलाको ९औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोख्रेलले सो कुरा बताउनु भएको हो। अहिलेको गठबन्धन सरकारले आर्थिक वृद्धिदर सकारात्मक बनाउनको लागि ठोस पहल गर्न नसकेको उहाँले बताउनु भयो।…