भद्रपुर । नेपाली कांग्रेस भद्रपुर नगर समितिले तिहार, छठ, नेपाल सम्बत, उधौली पर्वको उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पूर्व मन्त्री ओम प्रकाश सरावागीले नेपालीहरुले मनाउने विभिन्न चाडपर्वहरु राष्ट्रिय एकताको सन्देशवाहक सम्पत्ति भएको बताउनुभयो ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा कोशी प्रदेश संयोजक गोमा भट्टराईले सबै जातजाति, भाषा, भाषिका चाडपर्वले आपसी एकता, भाइचारा र समाजमा मेलमिलापको वातावरण सिर्जना गर्ने बताउनु भयो ।
नेपाली कांग्रेस झापाका सभापति कृष्ण हुमागाईले सबै जाति समुदायका चाडपर्व, रितिरिवाजहरु पहिचान र सभ्यताको राष्ट्रिय सम्पदा भएको हुँदा यसको संरक्षण हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेस भद्रपुर नगर समिति सभापति खड्ग सुब्बाको सभापतित्वमा शुक्रवार भद्रपुरमा भएको शुभकामना कार्यक्रममा कोशी प्रदेश सदस्य शोभा नेम्बाङ्ग, जिल्ला उपसभापति कालेन्द्रप्रसाद सिंह राजवंशी, जिल्ला सदस्य सेलेतुन खातुन लगायतका वक्ताहरुले जातीय र सांस्कृतिक बिविधता भएको हाम्रो जस्तो मुलुकमा आपसी सद्भाव र मेलमिलापका लागि चाडपर्वको महत्व रहेको भनाई राख्नु भएको थियो ।







प्रतिक्रिया