झापा । लामखुट्टेबाट सर्ने डेङ्गु रोगबाट कोशी प्रदेशका १४ मध्ये १२ जिल्ला प्रभावित भएका छन् । एक महिनाको अन्तरालमा डेङ्गुबाट नौ जनाको मृत्यु भएको र सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा भने हालसम्म रोग देखा नपरेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जानकारी दिएको छ । सबै मृतक सुनसरी जिल्लाका रहेको कार्यालयका जनस्वास्थ्य अधिकृत विवेचना गौतमले जानकारी दिनुभयो…