भद्रपुर । भद्रपुरस्थित झापा जिल्ला कारागारका चौकीदार लयप्रसाद शिवाकोटी र पूर्व भाई चौकीदार पासाङ शेर्पा (कुमार) को अन्यत्र सरूवा गरिएको छ । कारागार प्रशासनले भाई चौकीदार मनोज लावतीलाई सुनसरीस्थित झुम्का कारागार सरूवा गर्न लाग्दा शुक्रबार दिउँसो साढे २ बजे उनका पक्षका कैदीबन्दीहरू आन्दोलित बन्दै आगजानी र ढुंगामुढा गर्दा तनावग्रस्त बनेको थियो । कारागारको तनावपूर्णस्थित तत्काल…