न्यूयोर्क - न्यु जर्सी स्टेडियममा मंगलबार भएको खेलमा कप्तान किलियन एम्बाप्पेले २ गोल गर्दै फ्रान्सका सर्वाधिक गोलकर्ता खेलाडी बन्ने कीर्तिमान बनाए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एम्बाप्पेले ६६औँ मिनेटमा माइकल ओलिसेको पासमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। उक्त गोलसँगै उनले फ्रान्सका पूर्व स्ट्राइकर ओलिभियर जिरुडको ५७ गोलको कीर्तिमान बराबरी गरेका थिए। फ्रान्सले ८२औँ…