मतदानमा अवरोध गर्नेलाई २५ हजार रुपैयाँसम्म जरिवाना हुने

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आगामी बिहीबार निर्धारित मतदान प्रक्रियालाई स्वच्छ, निष्पक्ष र निर्बाध बनाउन कानुनी प्रबन्धहरू कडाइका साथ लागू गरिने भएको छ। निर्वाचन आचारसंहिताले मतदातालाई मतदान केन्द्रसम्म पुग्न वा मतदानमा सहभागी हुन कुनै किसिमको अवरोध सिर्जना गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ। मतदान स्थलतर्फ जाने मार्ग अवरुद्ध गर्ने, प्रवेशमा रोक लगाउने वा मतदान…