अर्जुनधारा । गणतन्त्रलाई संस्थागत गर्दै समाजवादबाट राष्ट्रलाई समृद्ध बनाउन नेकपा तयार भएको झापा क्षेत्र नम्बर २ की उम्मेद्वार धर्मशीला चापागाईंले बताएकी छिन् । झापा क्षेत्र नम्बर २ ‘ख’ अन्तर्गत गरिएको मोटरसाइकल र्यालीमा सहभागि चापागाईंले सम्बोधन गर्दै भनिन् –‘०७२ को संविधान हुँदै गणतन्त्र स्थापित गर्यौं । त्यसमा अन्य फूलहरु फूले, मौका पाए । पूर्ण समानुपातिक, समाजवाद…