काठमाण्डौ - नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने भएको छ । नेपालमा सामान्यतया जुन १३ मा मनसुन प्रवेश गर्ने सरदर अनुमान रहे पनि यस वर्ष अहिलेसम्म मनसुन प्रणाली नभित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिजो विभागले विज्ञप्ति निकालेर भूउपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन भित्रिन अझै…