धुलाबारी, ३ माघ । नेपाल तामाङ घेदुङ मेचीनगरको आयोजनामा धुलाबारीमा बृहद साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ । मन्जुश्री सम्वत २८६२ महान राष्ट्रिय पर्व ताल्हो (घोडा वर्ग सोनाम ल्होछार) अवसरमा आयोजित कार्यक्रममा तामाङ समुदायहरुले एकआपसमा शुभकामना साटासाट गरेर पर्व मनाएका हुन् । ‘नेपाल राष्ट्रिय शान, हाम्रो भाषा संस्कृति हाम्रो पहिचान’ भन्ने नाराका साथ तामाङ तथा…