जी ट्वेण्टीको अध्यक्ष भारत जलवायु परिवर्तनका मुद्दामा केन्द्रित हुँदै

काठमाडौं । भारत आजदेखि विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेण्टीको औपचारिकरूपमा अध्यक्ष भएको छ । जलवायु परिवर्तनका कारण विश्वले भोग्नुपरेका समस्या समाधान तथा जलवायुजन्य समस्या उत्पन्न हुननदिनेतर्फ भारतले विशेष जोड दिने भएको छ । गत महिना इण्डोनेसियाको बालीमा सम्पन्न समूहको १७ औँ शिखर बैठक समापनका अवसरमा इण्डोनेसियाका राष्ट्रपति जोको…