काठमाडौं । नेपाल बार एसोसिएसनले गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गराउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अल्टिमेटम दिएको छ । शुक्रबार बसेको बार केन्द्रीय कार्यसमिति बैठकले अदालतमा विकृति, विसंगति, विचौलिया, भ्रष्टाचार नियन्त्रण गर्नका लागि स्वचालित पेसी प्रणाली लागू गराउन १५ दिनको समय दिएको हो । बारले अदालतको पेसी व्यवस्थापन र इजलास गठनका सम्बन्धमा भइरहेको व्यवस्थाबाट कतिपय गलत कार्यहरू भएकाले सोको सट्टामा स्वचालित पेसी प्रणाली लागू…