बिर्तामोड

प्रेस चौतारी झापाको उपचार कोषलाई पत्रकार योञ्जनको सहयोग

प्रेस चौतारी झापाको उपचार कोषलाई पत्रकार योञ्जनको सहयोग


बिर्तामोड । प्रेस चौतारी झापाका सहसचिव तिलक योञ्जनले जन्मदिनको अवसरमा पत्रकार उपचार सहयोग कोषलाई सहयोग गरेका छन् ।
प्रेस चौतारी नेपाल झापा शाखाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई पत्रकार योञ्जनले सहयोग गरेका हुन् ।

बिर्तामोडस्थित सुर्योदय टिभीका समाचार संयोजक योञ्जनले कोषका निवर्तमान संयोजक गोपाल काफ्ले, प्रेस चौतारीको प्रदेश सदस्य, विष्णु मैनाली उप्रेती, रमेश तिवारी, जिल्ला उपाध्यक्ष प्रदीप परियार, सहसचिव अच्युत सुवेदी र टिभीका अध्यक्ष मनोज उप्रेतीको उपस्थितिमा कोषलाई नगद ५ हजार ५५ रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् ।

आफ्नो जन्मदिनको अवसर पारेर योञ्जनले नगद सहयोग गर्दै सम्पूर्ण सञ्चारकर्मीलाई पे्रेस चौतारी झापाले स्थापना गरेको कोषमा सहयोग उपलब्ध गराउन आव्हान गरेका छन् । सो अवसरमा नेकपा एमाले झापाका प्रचार विभाग प्रमुख समेत रहेका काफ्ले, प्रदेश सदस्य मैनाली लगाययतले शुभकामना मन्तव्य राखेका थिए ।

शेयर गर्नुहोस :

0
Shares