लक्ष्मण पौडेल भैरहवा। नेपाली कांग्रेसका सभापति सेरबहादुर देउवाले निर्वाचनको तयारीलाई अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ । निर्वाचन आयोगले प्रभावकारी ढङ्गले चुनावको तयारी नथाल्दा आयोगप्रति शंका उत्पन्न भएको पनि उहाँले बताउनुभयो ।नेपाली काँग्रेस रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै देउवाले आगमी वैशाखमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले तयारी नगरेकोप्रति प्रश्न उठाउनुभएको हो…