मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

काठमाडौँ। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । मधेसका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा सोनललाई गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो…