झापामा जेनजी आन्दोलनमा लुटिएका २२ नाल हतियार फिर्ता हुन बाँकी

बिर्तामोड । जेनजी आन्दोलनका क्रममा झापामा लुटिएका २२ नाल हतियार अझै फिर्ता हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उक्त हतियार दमक र बिर्तामोडबाट लुटिएको हो । इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको एक थान हतियार र २१ थान गोली बुधबार फेला परेको छ । बिर्तामोड–६ सुगम शान्ति टोलमा सिमल तरुलको झाडीभित्र वेवारिसे अवस्थामा…