आज नेपाल–भारत मैत्रीपूर्ण महिला टी–२० प्रतियोगिताको फाइनल

झापा । झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा सञ्चालित नेपाल–भारत मैत्रीपूर्ण महिला टी–२० प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा भारतको अलपाइन स्पोर्टिङ क्लव सिक्किम विजयी भएको छ । नेपाल–भारत मैत्री संघ कोशी प्रदेशको आयोजनामा पहिलोपटक आयोजित प्रतियोगिताको तेस्रो दिनको खेलमा नेपालको मिलन क्रिकेट क्लव झापालाई ९ विकेटले पराजित गर्दै सिक्किमले सहज जीत निकालेको हो ।…