काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। हात्तीवन पुगेर संयोजक प्रचण्डलाई नेता खनालले भेटेका हुन्। दुई नेताहरुबीच समसामयिक राजनीति, पार्टी एकतालगायतको विषयमा छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ। माओवादीसँग एकता गर्ने निर्णयप्रति रुष्ट बनेका नेता खनाल अन्तिम समयमा एकता प्रक्रियामा सामेल भएका थिए। घोषणा कार्यक्रममा बोल्दै…