काठमाडौं । डिफेन्डिङ च्याम्पियन्स रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी)ले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा विजयी सुरुवात गरेको छ । बैंगलुरुको एम चिन्नास्वामी रंगशालामा शनिबार राति भएको उद्घाटन सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै आरसीबीले विजयी सुरुवात गरेको हो । सनराइजर्सले दिएको २०२ रनको लक्ष्य पछ्याएको आरसीबीले १५.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो…