झापा । पूर्वोत्तर झापाको बाहुनडाँगीमा विद्युतीय तारबार नाघेर भारतबाट आएको जङ्गली हात्तीले धानखेतीमा क्षति पुर्याउन थालेको छ । विगतमा पाकेको धान, मकै, कोदोलगायतका बाली खाने हात्तीले अहिले लहलह हुर्किँदै गरेका धानका बोट नै खान थालेको मेचीनगर नगरपालिका–४ का शङ्कर लुइँटेलले बताए । उनका अनुसार आज बिहान आएको एउटा हात्तीले स्थानीयवासी सन्तोष न्यौपाने र भैरवबहादुर गौतमको…