स्वास्थ्य संयोजकलाई कोरोना संक्रमण देखिएपछि शिवसताक्षी नगरपालिका भदौ महिना भरका लागि बन्द

झापा / झापाको शिवसताक्षी नगरपालिका भदौ महिना भरका लागि बन्द भएको छ। नगरपालिका बोर्डको बुधबार बिहान बसेको बैठकले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै भदौ महिनाभरि कार्यालय बन्द गरेको हो। मंगलबार नगरपालिकाका स्वास्थ्य संयोजकलाई कोरोना संक्रमण देखिएपछि बोर्ड बैठकले कार्यालय बन्द गर्ने निर्णय गरेको ९ नम्बर वडाका वडाध्यक्ष छविलाल पाठकले बताए। तर, नगरपालिकाका ११ वटै वडा कार्यालय…