झापा । लकडाउनमा खाना पकाउने एलपिजी ग्यास आधा सिलिण्डर (७.१ किलो ) को बिक्री वितरण हुँदै आएकामा आजदेखि भरि ग्यास सिलिण्डरको बिक्री शुरु भएको छ । निगमकाअनुसार सबै ग्यास उद्योगले बजारमा १४.२ किलोको भरि ग्यास सिलिण्डर बजारमा पठाइसकेका छन् । काठमाडौँ उपत्यकामा ३५ देखि ४० हजार ग्यास सिलिण्डर पठाइएको निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् ।…