विराटनगर । प्रदेशसभा बैठकले प्रदेश १ को आर्थिक विधेयक २०७६ सर्वसम्मतले पारित गरेको छ । शुक्रबार विधेयकमाथि उठेका प्रश्नको जवाफ आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्म्बोले दिएपछि विधेयक पारित भएको हो । प्रगतिशील कर प्रणालीका आधारमा सबै करलाई व्यवस्थित गरिएको स्पष्ट उनले बताए । मन्त्री आङ्बाले कर नबढाई करको दायरलाई मात्र फराकिलो बनाइएको जानकारी दिए…