प्रधानमन्त्री ओली भारत प्रस्थान

काठमाडौँ । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नयाँदिल्ली प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार ओली शुक्रबार नेपाल फिर्नेछन् । नयाँदिल्लीमा रहँदा ओलीले भारतका उच्चस्तरका नेता तथा अधिकारीहरूसित भेटवार्तासमेत गर्ने जानकारी परराष्ट्र स्रोतले दिएको छ । मोदीको अघिल्लो कार्यकालको शपथग्रहण समारोहमा तत्कालीन समकक्षी सुशील कोइराला सहभागी…