सपथमा प्रधानमन्त्री ओलीलाई निम्तो दिने मोदीले बोलाएनन् चीन–पाकिस्तान

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा आठमध्ये पाँच छिमेकी मुलुकलाई मात्रै निमन्त्रणा गरिएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) सदस्यसमेत रहेका नेपाल, भुटान, बंगलादेश, म्यानमार र श्रीलंकालाई अतिथिका रूपमा निमन्त्रणा गरिएको हो । तर, छिमेकी पाकिस्तान, अफगानिस्तान र चीनलाई भने निम्तो गरिएको छैन । बिमस्टेक सदस्य थाइल्यान्डका…