भारतले अघोषित ‘नाकावन्दी’ लगाउँदै, ७३ ट्यांकर रोकेपछि पूर्वमा इन्धनको हाहाकार

भद्रपुर । नेपालको पूर्वक्षेत्रमा पेट्रोलियम पदार्थको अभाव भएको छ । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि अभाव भएको हो । अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि नेपाली ट्याङ्करलाई नाकामै रोकेर राखेको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि…