काठमाडौं । मानहानी सम्बन्धी कसूरमा फरार मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईं प्रशासनमा सुटुक्क हाजिर भएर छुटेका छन् । बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा उनी हाजिर भएका हुन् । हाजिर भएपछि उनलाई साधारण तारेखमा छाड्न भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आदेश दिएकी छन् । मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको आरोप…