अर्जुनधारा च्याम्पियन

सुरुङ्गा । कनकाई कपमा चौथो संस्करणको उपाधि अर्जुनधारा नगरपालिकाको टिमले जितेको छ । कनकाई खेलकुद प्रतिष्ठानले आयोजना गरेको कनकाई कप अर्जुनधारा नगरपालिकाले दोस्रो पटक जितेको हो । यसअघि दोस्रो संस्करणमा पनि अर्जुनधाराले उपाधि रक्षा गरेको थियो । कनकाई माविको खेल मैदानमा (मंगलबार) भएको फाइनल खेलमा अर्जुनधाराले बिर्तामोड नगरपालिकाको टिमलाई सडन डेथमा पराजित गरेर उपाधि उचालेको…