सीएनन हिरो पुष्पा बस्नेत बनिन् दशककै प्रेरणादायी व्यक्तित्व

काठमाडौं । नेपालकी पुष्पा बस्नेत दशकको प्रेरणादायी व्यक्तित्व घोषित भएकी छन् । गोलकास्ट डटकमले सार्वजनिक गरेको सन् २०१० देखि २०१९ सम्मको प्रेरणादायी व्यक्तित्वमा नेपालकी समाजसेवी पुष्पा बस्नेत पहिलो नम्बरमा परेकी हुन् । जेल परेका आमाबाबुको सन्तानको पालनपोषण र शिक्षादीक्षा दिँदै आएको पुष्पाले यही दशकमा सीएनन हिरो र सीएनएन सुपर हिरोको अवार्ड पनि जितेकी थिइन् ।…