काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले संबिधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सभामुख बन्न प्रस्ताव गर्नुभएको छ । संसद चलाउनका लागि काविल ब्यक्तिको खोजी गर्दै प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डले नेम्वाङलाई सो प्रस्ताव गर्नुभएको हो । अध्यक्षद्वयको प्रस्ताव गरेको बिषयलाई नेम्वाङले सार्वजनिक गर्नुभएको छ ।…