द्रोण अधिकारी भद्रपुर । बहुवर्षे आयोजनामा पनि असारे बजेटको प्रभाव देखिन थालेपछि नियामकको नैतिकता पैसामा बिकेको हो कि भन्ने प्रश्न उठ्न थालेको छ । गुणस्तरीय काम गराउनु पर्ने नियामक निकाय ठेकेदारका गाडी घोडामा मस्त घुमफिर गर्ने अनि मापदण्ड विपरित निर्माण भएका संरचनाको बिल भौचर मिलाएर कमिशन बटुल्ने अभियानमा अलमलिए पछि नियामकको नैतिकतामाथि प्रश्न उठेको हो…