मनकुमार गदाल दमक । दमक नगरपालिकाले पाँचौं नगर सभाबाट आर्थिक वर्ष ०७६/०७७ को लागि १ अर्व ४५ करोड ४१ लाख ३५ हजारको कुल बजेट तथा नीति कार्यक्रम पारित गरेको छ । नगर पालिकाको शुक्रवार भएको नगर सभाले सो वजेट तथा नीति कार्यक्रम पारित गरेको हो । नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा भएको नगर सभामा उपप्रमुख…