बिर्तामोड । वडा तहसम्म अभियान सञ्चालनको तयारी गरिरहेको नेकपा एमाले बाह्रदशीले पूर्वतयारी कार्यक्रम अन्तर्गत नेता–कार्यकर्ताबीच अन्तरक्रिया गरेको छ । ज्येष्ठ नागरिक भवनमा सोमवार अगुवा कार्यकर्ता र नेताहरुबीच अन्तरक्रिया गरेको हो । नेकपा एमाले र सरकारविरुद्ध छरिएका भ्रम र वास्तविकताका बारेमा अन्तरक्रिया गरिएको हो । पछिल्लो समय नेकपा एमाले र सरकारविरुद्ध योजनावद्ध रुपमा भ्रम छरिएपछि अगुवा…