ताप्लेजुङ, २५ साउन - ताप्लेजुङमा जारी तेस्रो अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा झापाको रेडस्टार फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । रेडस्टारले पोखराको सहारा क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो । झापाका लागि खेलको ७७औँ मिनेटमा सविनकुमार लुङ्गेलीले पहिलो गोल गरेका थिए । यस्तै खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत झापाकै सविनले…