काठमाण्डौ - आज आठौँ राष्ट्रिय महिला अधिकार दिवस मनाईंदैछ । २०६३ साल जेठ १६ गते तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले महिला अधिकार सम्बन्धी ऐतिहासिक चार वटा विशेष प्रस्ताव पारित गरेको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ । यस वर्ष ‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान’ नाराका साथ दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा शुभकामना व्यक्त…