प्रहरीका तीनवटा बेरिकेट तोडेर भागेको एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

रौतहट ३१ भदौ । प्रहरीको निगरानी छल्दै तीनवटा बेरिकेट तोडेर भागेको एम्बुलेन्सबाट सिरहामा ठूलो परिमाणमा गाँजा बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार राति करिब ८ बजे चोहर्वाबाट जयनगरतर्फ जाँदै गरेको ज१च १२१३ नम्बरको एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको सूचना प्राप्त भएको थियो। सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सिरहाबाट इन्स्पेक्टर सुनिल चौरसियाको कमान्डमा प्रहरी…