काठमाडाैं, २९ भदाैं । गणेश चतुर्थी (सिद्धिविनायक चतुर्थी) भगवान श्री गणेशको जन्मजयन्तीको रूपमा मनाइने एक पवित्र पर्व हो। यो भाद्रपद महिनाको शुक्ल पक्षको चतुर्थी तिथिमा पर्दछ। भगवान गणेशलाई विघ्नहर्ता (कष्ट हटाउने) र रिद्धि-सिद्धि (बुद्धि र समृद्धि) का दाता मानिने भएकाले कुनै पनि शुभ कार्यको सुरुवात गर्नुअघि उनकाे पूजा गरिन्छ। शिव पुराण अनुसार माता पार्वतीले आफ्नो शरीरको…