मेचीनगरबाट साढे ६ लाखको अवैध सामान बरामद

बिर्तामोड । झापाको मेचीनगरबाट सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले आइतवार ६ लाख ६० हजार ९ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । मेचीनगर नगरपालिका–६ स्थित भन्सार ढाट सीमा इलाकामा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेका स्पोर्ट सुज, कुर्ता तथा जामा नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरी नायव निरीक्षक महेन्द्र गुरुङको कमाण्डमा…