युवा संघका नेतामाथि खुकुरी प्रहार गरेको आरोपमा थप एक जना पक्राउ

बिर्तामोड । झापाको बिर्तामोडमा गत मंगलवार राती भएको खुकुरी प्रहारको घटनामा संलग्न भएको आरोपमा थप एक जनालाई झापा प्रहरीले आज पक्राउ गरेको छ । राष्ट्रिय युवा संघका नेता खगेन्द्रराज आङदम्बे (राज) सहित तीन जना युवामाथि भएको आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले झिलझिलेबाट दुर्गा राईलाई पक्राउ गरेको हो । बुधबार प्रहरीले सोही घटनामा संलग्न भएको आरोपमा…