आर्थिक

दोषीलाई कारवाही गर्न झापा जिल्ला सहकारी संघको माग

दोषीलाई कारवाही गर्न झापा जिल्ला सहकारी संघको माग


बिर्तामोड । झापा जिल्ला सहकारी संघले सहाराको कर्मचारीमाथि भएको दुव्र्यवहारको घटनाप्रति घोर निन्दा र भत्सर्ना गरेको छ । घटनामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न जो कोहि व्यक्ति तथा समुह भए पनि प्रचलित कानून बमोजिम दोषीलाई कारवाही गरी कानूनको दायरामा ल्याउन संघले जोडदार माग गरेको छ ।

यस्तो छ विज्ञप्ति
यस संघको सदस्य संस्था श्री सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बिर्तामोड २ झापाको मधुमल्ला सेवा केन्द्र मोरङ्गमा कार्यरत सेवा केन्द्र प्रमुख श्री रमेश राई र कर्मचारी शुसिला लामिछाने विकलाई मिति २०८२ असार २९ गते सस्थाका ऋणी सदस्य श्री दुर्गामाया लिम्बु र श्री माया मगरले भाखा नाघेको ऋणको तागेता गर्ने क्रममा गरेको दुव्यवहार र साङ्घातिक आक्रमण प्रति झापा जिल्ला सहकारी संघ लिमिटेडको गम्भिर ध्यानाकर्षण भएको छ ।

संस्थाले गरेको ताकेतामा केहि असहमती भए त्यसको कानूनी पक्षबाट समस्याको हल निकाल्न सकिने हुदाँ हुदै व्यक्तिगत प्रतिशोधमा उत्रनु निन्दनीय छ । उक्त घटनाको घोर निन्दा र भत्सर्ना गर्दै प्रत्यक्षरअप्रत्यक्ष रुपमा सम्लग्न जो कोहि व्यक्ति तथा समुह भए पनि प्रचलित कानून बमोजिम दोषीलाई कारवाही गरी कानूनको दायरामा ल्याउन संघ जोडदार माग गर्दछ ।

सहकारीका आम सदस्यहरुको श्रम र पसिनाबाट आर्जित रकम बचतको रुपमा जम्मा गरी सहकारी मार्फत सदस्यहरुलाई लगानी गरिएको कर्जा नतिर्न अराजक समूह तथा स्वार्थ समूहको आड लिई फाइदा उठाउँदै वित्तिय कारोबार गर्ने सहकारी संस्था माथि प्रहार केन्द्रित गर्दै आएका छन् । कुनै पनि गलत कार्य गर्ने, त्यस्तो कार्यमा प्रोत्साहन गर्ने, ऋण नतिर्ने सबै कानुनतः दण्डीत हुनुपर्दछ ।

सहकारी संस्था विना समाजमा नागरिकको वित्तीय पहुँच, वित्तिय साक्षरता, एकता र नेतृत्व विकास सम्भव छैन । सदस्यले यी कुरामा चनाखो हुँदै यदि कुनै समस्या भए सस्थाको साधारण सभा, कार्यलयमा नै गएर वा सम्बन्धित निकायमा आवाज उठाउन सकिन्छ । यसर्थ हाल सहकारी संस्थामा यस प्रकारका अराजक गतिविधि गर्ने माथि कडा निगरानी गर्न र दण्डीत गर्न राज्यसँग जोडदार माग गर्दै जिम्मेवार भई प्रस्तुत हुन सहकारीका संचालक, कर्मचारी तथा सदस्य समक्ष हार्दिक अनुरोध गरिन्छ ।

विज्ञप्तिमा सचिव भानु दंगाल र अध्यक्ष प्रेम कुमार कोइरालाले हस्ताक्षर गरेका छन् ।

शेयर गर्नुहोस :

432
Shares