मोटरसाइकल चोरीमा संलग्न एक जना प्रहरी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको गोकर्णेश्व्र नगरपालिका-४ जग्डोलबाट आइतबार मोटरसाइकल चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ घर भई काठमाडौंको बौद्ध नयाँबस्ती बस्दै आएका २६ वर्षीय समीर तामाङ छन् । वास्तविक नम्बर बागमती प्रदेश ०२-०२५ प ३१ २९  रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०२८ प १९ ७१…