तीर्थ तिम्सिना बुद्धशान्ति । झापामा रैथाने जंगली हात्तीको कारण वन क्षेत्र आसपासका स्थानीयबासी त्रासमा बाच्न बाध्य छन् । दिनहुँजसो रात परेपछि आहारको खोजीमा निस्किने जंगली हात्तीले दिनहुँ स्थानीयको घरगोठ भत्काउनुका साथै अन्नबालीमा क्षति पु¥याउँदै आएको छ । पछिल्लो दुईसातायता जिल्लाको बुद्धशान्ति गाउँपालिकाको वडा नं. २ र ३ क्षेत्रमा रातको समयमा जंगली हात्ती गाउँ पस्न थालेपछि…