बिर्तामोड । बिर्तामोड नगरपालिकाले गाईमा देखिएको बाँझोपनाको समस्या समाधानका लागि कृषकको गोठमै पुगेर सेवा दिएको छ । नगरको पशुपंक्षी तथा मत्स्य विकास शाखाले बाँझोपना निवारण सम्बन्धी २ दिने स्थलगत शिविरको आयोजना गरि २६ जना कृषकको गोठमा पुगेर सेवा प्रदान गरेको हो । शाखा प्रमुख डा. नगेन्द्र खड्काले विज्ञसहितको टोलीले समस्या समाधानका लागि आधुनिक प्रविधिसहित चेकजाँच…