कोशी प्रदेशमा मन्त्रालय थपिँदैन : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा मन्त्रालय नबढाउने बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सरकार विस्तार गर्दा मन्त्रालय नबढाउने बताउनुभयो । काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अघि मन्त्रालय नफुटाउने भनेर कुरा गरिसकेको जानकारी दिँदै प्रदेशस्तरमा पनि काँग्रेसका नेताहरुसँगपनि मन्त्रालय नफुटाउने कुराकानी भएको…